हिमालहरु संकटमा

Photographer: Pushkar khanal

जोमसोमबाट देखिने अन्नपुर्ण हिमालको दृष्य हो यो। हेर्दैमा मनमोहक अटल र बिश्व प्रशिद्ध हाम्रा हिमाल हामै कारणले संकटमा पर्दै छन्। दश बर्ष अघिको तुलनामा यस हिमालमा हिउँ झण्डै आधा प्रतिशतले घटेको बताउँछन स्थानिय लाक्पा शेर्पा। हिउँको पर्दाले सर्लक्क हिमाललाई छोपेको जस्तो लागथ्यो, झनै सुन्दर देखिनथ्यो, पानी वरिपरीको पोखरीमा मझालै भेटिनथ्यो, खेति किसानिमा मजाले पानि लगाउन पाइन्थ्यो तर अहिले दुखै दुख छ। हिउँ पोखरीहरु पहिलाको भन्दा धेरै हराएर गइसक्यो, हिउँ पहिरो पनि जान्छ कहिलेकाहि। लाक्पाको कथन हो यो जुन बिश्वव्यापि तापक्रम वृद्धिले पारेको असर हो।  बिशेषग्य भन्छन यहि किसिमले पृथ्वीको तापक्रम बढदै गएका निकट भविष्यमानै हिमालबाट हिउँहरु हराउन थाल्नेछन र हिमताल फुटेर र हिमनदिमा आउने बाढिले पहाडि जनजिवन अस्तव्यस्त पार्न सक्ने समेत संकेत गरेका छन्। हिमालबाट हिउँ हराउनका साथ त्यसको गहिरो असर सम्पुर्ण इकोसिसटमै पर्ने पक्का छ।  - पुष्कर खनाल