हाति छिर्यो पुछर अडकियो

Photographer: Pushkar khanal

काठमाण्डौको चक्रपथ सडक बिस्तार अर्न्तगत इन्नोभटिभ कन्स्ट्रकसन र नगरपालिकाले निर्माण गर्ने भनिएको यस गोगंबुको आकाशे पुल निर्माण कार्य ठप्प हुँदा हाति छिर्यो पुछर अडकियो को स्थितिमा छ। पुल आधा निर्माण गरेर काम बिचेमा ठप्प भएको झण्डै छ महिना भइसक्यो।  पुलमा बरोजगार र रमिता हेर्नुको रमाईलो स्थलको रुपमा परिणत भएको छ। संगैको कलंकिको पुलको निर्माण लगभग सम्पन्न भएपनि त्यहा पनि उचित व्यवस्थापन हुन सकेको छैन भने यस पुलको हालत झन दयनिय छ।  काम गर्ने तर बिचमै छोडने प्रवृतिले सर्वसाधारणलई सुबिधा भन्दा ज्यादा दुख दिएको बताउछन् बटुवा।