अखण्डताका लागी बन्द

Photographer: Pushkar khanal

राष्ट्रिय अखण्डता र जातिय सद्भाव तथा संबिधानमा आफनो पनि पहिचान हनु पर्ने माग  सहित ब्राम्हण, क्षत्री, दशनामि, दलित लगायतको संघर्ष समितिले आवहान गरेको नेपाल बन्दको क्रममा शुक्रबार नेपाली राष्ट्रिय झण्डा फरफराउँदै नेपाली राष्ट्रिय गानमा नाच्दै गाउँदै बन्दकर्ता।
जातीय राज्यको बिरोध र सामाजिक सद्भावको माग गर्दै संयुक्त आन्दोलन गर्नेमा ब्राम्हण समाज, खस क्षेत्री समाज, ठकुरी समाज महासंघ, नेपाल दशनामी समाज, विभेद मुक्ति प्रगतिशील समाज, पिछडा वर्ग महासंघ, दलित जनजागरण सेवा र रानाभाट समाज छन् ।आफूहरुले जातीय सद्भावको लागि नै राज्यलाई दबाब दिएको संघर्ष समितिको दावी छ । नेपालका जातजातिबीच सदियौंदेखि चलेको आपसी सम्बन्ध र सद्भाव जगेर्ना गर्न खोजेको आन्दोलनकारीहरु बताउँछन् । - पुष्कर खनाल