सडक निर्माणको चटारो

Photographer: Pushkar khanal

Pushkar Khanal


स्वयम्भुमा सडक निर्माणको चटारो: आर्थिक बर्ष अन्त्य हुन लाग्दासँगै ठाउँ ठाउँमा बाटो निर्माण गर्ने, कालोपत्रे गर्ने, ढल खान्ने, पिच टाल्ने चटारो सुरु भएको छ। बर्ष दिन सम्म बिकास निर्माणका कार्यमा प्राय मैन बस्ने गा. बि. स र नगरपालिका बजेट फि्रज हुने समय आइपुग्दा तातेको देखिन्छ। असार मसान्तमा सकिने  आर्थिक बर्ष सम्ममा सम्पुर्ण बिकास निर्माण सकाउन अहिले भ्याई नभाई हुन्छ।  हतारमा गरिने काम त्यसमाथि बर्षाको समय र निर्माण समिति भित्र हुने भष्ट्राचार र कमिसनको चलखेलले बिकास कार्यक्रमलाई कतिको दिगो बनाउँछ।  हेर्दा लाग्छ झारा तिर्ने मात्र काम हो। पिच गरेको महिना दिनमा उक्किने यहाँको चलन हो। पुष्कर खनाल