बन्द संस्कृति बन्द गर

Photographer: Pushkar khanal

आदिवासी जनजाति संयुत्क संघर्ष समितिले आयोजना गरेको तीन दिने नेपाल बन्दको क्रममा मंगलबार कुपनडोलको खालि सडकमा हिडदै सर्वसाधारण। नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा भइरहेको ७२ घण्टे बन्दको तेस्रो दिन पनि काठमाडौँ उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ। आज पनि काठमाडौँका चोकचोकमा बन्दकर्ताहरुले सवारी साधन चल्न रोकिरहेका छन्। हिजो भएको तोडफोडका घटनाका कारण आज निजी मोटरसाइकल समेत चलेका छैनन्। सार्वजनिक सवारी साधन,शिक्षण संस्था र उद्योगधन्दा ठप्प छन्। बन्दका कारण जनजीवन कष्टकर भइरहेको बेलामा सारा जनतालाई दुख दिएर आफनो माग पुरा गराउन बन्द गर्ने संस्कृति सदाको लागी बन्द गरिनु पर्ने आवाज उठ्न थालेको छ -पुष्कर खनाल