हामी पनि फोटो खिचाउँ न

Photographer: Pushkar khanal

तामाकोशि तरेर दोलखाको ग्रामिण गाउँ मैनापोखरी हुदै जिरि जादै थिए। बाटोमा मोटरसाईकल रोकेर वरिपरीको दृष्यावलोकन क्यामारामा कैद गर्दै थिए।  एउटा पुरानो घरमा खेलिरहेका बालबालिका क्यामेरा भिरेको मान्छे देख्नासाथ दौडेर आई पोज दिन बसे। मैला लुगा लगाएका बच्चाहरु फोहोरी देखिए पनि उनीहरुको मुहारमा देखिएको उत्साह र खुमि असिमित थियो। दंग पर्दै पोज पोजमा फोटो पनि खिचे अनि क्यामेराको डिस्प्लेमा आफनो तस्वीर हेर्दै फुुरुड्ग भए। सोचे हामीले काठमाण्डौमा उपभोग गर्ने सुख सुबिधा यिनिहरुको कहिले पाउने हुन??? बिकास रुपि फललाई जनताले बराबरी कहिले चाख्ने हुन?? खुसि, दुखि दुबै हँुदै बाटो तताएँ।