टोदहको सुन्दर दृष्य

Photographer: Pushkar khanal

टौदहको निलो पानी अनि क्षितिजको निलो रङ्गबिचको सुन्दर परिदृष्यमा हरिया फाँट र चोभारको बस्ति।पर्यटकीय, धार्मिक, पर्यावरणीय र जैविक विविधताका दृष्टिले महìवपूर्ण यी जलाशयका का रुपमा टौदह  सहरी क्षेत्रबाट करिब पाच किलोमिटरको दूरीमा रहेका यी जलाशयहरूमध्ये टौदह कीर्तिपुर नगरपालिकाको वडा नं. १५ मा रहेको छ द्वापर युगमा भगवान् श्रीकृष्णले चोभारको गल्छीबाट पानी बाहिर पठाएर उपत्यकालाई बस्तीयोग्य बनाउने क्रममा टौदह पोखरी निर्माण गरेको धार्मिक आख्यान छ। नेपाल पक्षी संरक्षण सङ्घको अध्ययन अनुसार टौदहको गहिराइ तीन मिटरदेखि आठ मिटर रहेको छ।अध्ययन अनुसार टौदहको क्षेत्रफल ८४ रोपनी छ भने यहााको पानीको पिएच ७.८ छ।यहाा ३९ प्रजातिका जल

वनस्पति पाइन्छन्।सन् १९९७ फेब्रुअरी १ र २ मा गरिएको सो अध्ययन-अवधिमा टौदह पोखरीमा ३० प्रजातिका २२० प्रकारका चरा भेटिएका थिए।यहाा १८२ प्रकारका चरा गर्मी याममा मात्र आउाछन् भने ५५ जाडो याममा मात्र आउाछन्। धार्मीक, सांस्कृतिक, पार्यटकिय, प्राकृतिक र पर्यावरणीय दृष्टिकोणले प्रसिद्धि कमाएको टौदह जैबिक बिबिधताका लागी धनि मानिन्छ।