बाटो छेउको व्यापार:

Photographer: Pushkar khanal

बाटो छेउको व्यापार: गोङगबुमा बन्दै गरेको आकाशे पुलमुनि घाम छल्न रिङ भित्र ओत लागेर व्यापार गर्दै बृद्धमहिला।  गोङगबुमा आकाशे पुल र बाटो बिस्तार भएपछि बिस्थापित भएका सडक व्यापारीहरु अहिले निर्माण कार्य बन्द भएपछि पुन सडक छेउमै अस्तव्यस्त रुपमा व्यापार गर्न थालेका छन्। एक त नयाँ बसपार्क क्षेत्रमा बढ्दो ट्राफिक जामको समस्या अनि त्यसमाथि सडक व्यापारीहरुको अस्तव्यस्त सडक कब्जा, दिन प्रति दिन शहरले भोगीरहेको समस्या हो यो। सरकारले सडक व्यापारहिरुलाइ उचित ब्यबस्थापन गर्न नसक्दा बिहान बेलुका हातमुख जोडन धौ धौ पर्ने भएकाले बाध्य भएर सडकमै व्यापार गर्नु परेको दुखेसो यि बुढि आमाको छ।