ड्राइभर सायरी

Photographer: Pushkar khanal

पुतलि एउटा किरा होइन
फूलबारीको गहना हो।
ड्राइभर मेरो पेशा होइन
जिन्दगीको चाहना हो।
निर्माण सामाग्री ढुवानी गर्ने गाडीको पछाडीपटि लेखिएको साहित्य हो यो। नेपालका बिभिन्न शहरमा चल्ने धेरै बस र ट्रकहरुमा गुरुजिहरुले आफनो मनको बहहरुलाई साहित्यिक पारामा पोख्ने गर्दछन। कतिले ड्राइभर हुँदा अरुले हेपेको पिडा पोख्छन त कतिले माया प्रेमका कुरा। रमाइला र रसिक सायरीहरु बाटो हिड्दा खुब पढ्न पाइन्छ आजकाल। बटुवाको मनलाई पनि एकछिन बहलाउने गरि मनको मर्म पोखिएका  ड्राइभर सायरीहरु खुब चलनचल्तिमा छन् आजकाल।                                     - पुष्कर खनाल